सानो क्षमता र जनशक्तिका साथ अष्ट्रेलिया, न्यूजिल्याण्ड र प्रशान्त क्षेत्र हेर्ने जिम्मेबारी पाएको नेपाली राजदूतावास क्यानबेरा विभिन्न समस्याका कारण फोन गर्नेहरूकै कारण समस्यामा परेको छ। सानो जनशक्तिले हेर्नुपर्ने सेवा र दायरा ठूलो हुँदा सेवा दिनको लागी संघर्ष गरिरहनु परेको अवस्थामा फोनको चापले गर्दा सेवा लिने र दिने दुवैलाई समस्या उत्पन्न भएको छ।
राजदूतावासले उठाएर कुराकानी गर्न
सक्ने क्षमता भन्दा धेरै फोन आउन थालेर काम नै प्रभावित हुन थालेपछी दूतावासले
प्रदान गर्ने सेवाका बारेमा सोध्नकै लागी फोन नगरेर सहयोग गर्न अनुरोध गरेको छ।
अष्ट्रेलियाका लागी नेपाली राजदूत कैलाशराज पोखरेलले दूतावासले फेसबुक पेज र
वेबसाईटमा निरन्तर सेवा सम्बन्धि जानकारी अपडेट गर्ने गरिएकाले वेबसाईट र फेसबुक
पेजमा भएकै सूचना र कुरा सोध्नका लागी फोन नगर्न अनुरोध गर्नुभएको छ। उहाँले वेबसाइटमा
भएका सूचनाको लागी फेरि फोन गर्दा, फ़ोनको
चाप बढ़ेर अनावश्यक रूपमा फ़ोन व्यस्त हुने अनि सबै फोन उठाउन पनि नसकिने र फोन
आफै काटिने गरेको बताउनु भयो।
राजदूत पोखरेलले फोन भन्दा पनि राजदूतावाससँगको सम्पर्क माध्यमका रूपमा ईमेल प्रयोग गर्ने हो भने पनि सेवा प्रवाहमा सहज हुने बताउनु भयो। धेरैले दूतावासको फोन उठाउने र काटिदिई हाल्ने गरेको भन्ने गुनासोमा त्यसो हुनाको कारण अत्याधिक फोनको चाप रहेको आफूले पत्ता लगाएको जानकारी दिनुभयो।
यदी तपाईंलाई नेपाली राजदूतावासको सेवा
सम्बन्धि जानकारी चाहिएको छ भने दूतावासमा फोन गर्नुभन्दा पनि दूतावासको वेबसाईट र
फेसबुकलाई सूचनाको आधार बनाउनुस्।
नेपाली राजदूतावासको वेबसाईटः https://au.nepalembassy.gov.np/
नेपाली राजदूतावासको फेसबुक पेजः https://www.facebook.com/Embassy-of-NEPAL-Australia-424247651246106/
Post a Comment