दैनिक करोडौंको कारोवार गर्ने हुण्डि कारोबारी पक्राउ

नेपाल प्रहरीले काठमाण्डौंको न्यूरोडबाट दैनिक करोड भन्दा धेरैको गैरकानुनी वित्तिय कारोबार गर्ने व्यक्तिहरूलाई पक्राउ गरेको जनाएको छ। उनीहरूको साथबाट ८७ लाख ५० हजार नगद साथै चार लाखको चेक समेत बरामद भएको छ। 

नेपाल प्रहरीको काठमाण्डौं उपत्यका अपराध अनुसन्धान कार्यालयले माघ २० गते हुण्डि कारोबारका लागी संकलन गरेको ७८ लाख ५० हजार नगद सहित काठमाण्डौंको न्यूरोडबाट पक्राउ गरेको हो। पक्राउ पर्नेमा दिपेन्द्र मल्ल र किशोर चौधरी रहेका छन्। उनीहरूले न्यूरोड क्षेत्रबाट हुण्डीको रकम जम्मा गरेर बैंकिङ च्यानलमा प्रवेश गराउने गरेको प्रहरीको भनाई रहेको छ। उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी उपरिक्षक कृष्णप्रसाद कोईरालाका अनुसार उनीहरूले अर्को एक व्यक्तिको सहयोगमा दैनिक एक करोड भन्दा बढीको रकम कारोबार गर्ने गरेको अनुसन्धानमा खुलेको छ।  

handcuffed arrested

अष्ट्रेलियाबाट हुण्डि गर्नेहरू धमाधम समातिँदै 

अष्ट्रेलियाबाट दैनिक करोडौं रूपैंया हुण्डिको माध्यमबाट नेपाल भित्रने गरेकोमा नेपाल राष्ट्र बैंक र नेपाल प्रहरीले त्यस्ता कारोबार र कारोबारीलाई कडा निगरानी गर्न थालेको छ। पछिल्लो समय नेपाल प्रहरीले हुण्डि कारोबार गरेको शंका लागेका व्यक्ति तथा संस्थाहरूमा छापा मार्न थालेको छ। राष्ट्र बैंकले विदेशबाट नेपालका बैंकमा पठाईएका रकममा समेत चासो राख्न थालेको छ। स्रोत नखुलेर खातामा जम्मा हुन आएका पैसामा शंका लाग्नासाथ खाता र कारोबार रोकेर राष्ट्र बैंकमा जानकारी गराउन भनिएको क वर्गको बैंकका एक बैंकरले बताए। उनका अनुसार यस्ता खाता रोकेर अनुसन्धान र कारवाहीका लागी राष्ट्र बैंकमा रिपोर्टिङ गरिने खाता र खातावालको संख्या बढ्दो छ। अष्ट्रेलियाबाट छोराछोरीले पैसा पठाएको भनेर अष्ट्रेलियामा दर्ता भएका केही संस्थाहरूको माध्यमबाट नेपाल पैसा पठाएको भनेर कागजपत्र लिएर आउनको संख्या पनि राम्रै छ, तर उनीहरूले नेपालमा पैसाको कारोवार वैधानिका माध्यमबाट भएको छैन उनले भने। त्यसैको कारण वित्तिय कारोबारको राम्रै बिगत भएकाहरुको समेत बैंकले खाता रोक्का गरेर राष्ट्र बैंकलाई थप अनुसन्धानको लागी पठाएको छ।  

नेपाल राष्ट्र बैंकले एकलाखको बैंकिङ कारोबारमा समेत फोटो सहितको परिचय पत्रको जानकारी राख्न निर्देशन दिएको छ भने विदेशबाट हुने रेमिटान्सको कारोबारमा समेत कडाई गर्न बैंकहरुलाई निर्देशन दिएको छ। राष्ट्र बैंककको निर्देशन अनुसार यतिखेर पाँच दश लाखको कारोबार गर्दा समेत श्रोत देखाउनु पर्ने र विभिन्न कागजात प्रस्तुत गर्नुपर्ने अवस्था आएको छ। 

अष्ट्रेलियाका नेपाली समुदायका अगुवाहरू नै राजनीतिक तथा अरू पहुँचको आधारमा अष्ट्रेलियाबाट हुण्डिको कारोबारमा सहभागी हुने गरेको आरोप लाग्ने गरेको छ। नेपाल र अष्ट्रेलिया दुवै देशमा कारोबार गर्ने प्रकृतिका व्यवसाय गर्ने धेरैले हुण्डिलाई नाफाको माध्यम बनाउने गरेको अष्ट्रेलियामा नेपाली समुदायको पत्रकारिता गर्ने भन्नेहरूले आरोप लगाउँदै आएका छन्। 

नेपाल राष्ट्र बैंकले नेपालका बैंकहरूलाई रेमिटान्स तथा दैनिक कारोबारका विषयमा दिएको निर्देशन यहाँबाट पढ्नुहोस्। 

नेपाल राष्ट्र बैंक ऐन २०५८को व्यवस्था यहाँबाट हेर्नुहोस्।

Post a Comment

Previous Post Next Post

गोपनियता र कुकिज बारे!

हामी कुकिज तथा अरू प्रविधि र टुलहरू प्रयोग गरेर वेबसाईटको प्रयोग र प्रयोगकर्ताको प्रवृति आँकलन गर्दछौं, ताकी तपाईंलाई सही तरिकाले सही सामग्री देखाउन सकौं.

गोपनियता नीति हेर्नुहोस्