अष्ट्रेलियामा लागुऔषध ओसारपसारमा संलग्न दुई नेपाली पक्राउ

अष्ट्रेलियाको संघिय प्रहरीले दुई नेपालीलाई लागुऔषध ओसारपसारमा संलग्न भएको आरोपमा पक्राउ गरेको छ। उनीहरूलाई प्रहरीले ब्रिसबेनमा २२ फेब्रुअरीमा लागुपदार्थ सहित पक्राउ गरेको हो। संघिय प्रहरीका अनुसार उनीहरूको साथबाट ४५० ग्राम लागुऔषध बरामद भएको छ। उनीहरूले सिड्नीबाट सो लागुऔषध ‘हेयर डाई’का ट्युबमा राखेर ब्रिजबेन पुरयाएका थिए। 


Two Nepalese charged with trafficking illicit drugs


पक्राउ पर्नेहरू २१ वर्ष उमेरका छन्। उनीहरूलाई प्रहरीले पाईन रिभर्स मजिस्ट्रेट कोर्टमा बिहिबार उपस्थित गराएको थियो। उनीहरूलाई अवैध लागुऔषध ओसापसारको अभियोगमा मुद्दा दायर गरेको छ। अष्ट्रेलियाको अपराध संहिता (क्रिमिनल कोड १९९५, को सेक्सन ३०२.३) अनुसार यस खालको मुद्दामा २५ वर्ष सम्मको जेल सजायँ हुनसक्छ। 

यो पनि पढ्नुहोस्: अहिले विद्यार्थीलाई आईटीको क्षेत्रमा काम पाउन सजिलो छ

Two Nepalese charged with trafficking illicit drugs


अष्ट्रेलियन संघिय प्रहरीले उनीहरू रोमा स्ट्रिट बस स्टेशनमा न्यूसाउथवेल्सको क्यासिनोबाट आएको बसबाट झरेपछी खानतलासी गरेका थिए। अष्ट्रेलियन संघिय प्रहरीले विज्ञप्तीमा ती नेपाली युवकहरूले सिड्नीबाट क्यासिनो रेलबाट यात्रा गरेको उल्लेख छ। उनीहरूको झोला खानतलासी गर्दा गम्छामा बेरेको अवस्थामा रहेको ‘हेयर डाई’को ट्युब (कपालमा लगाउने एक खालको मलम राखिने भाँडा, तस्विरमा देख्न सक्नुहुन्छ)मा राखेर लागुऔषध (बोर्डर कन्ट्रोल्ड ड्रग्स) भेटिएको थियो। प्रहरीले बरामद भएको सामग्रीको थप प्रयोगशाला परिक्षण गरिने जनाएको छ। अदालतले उनीहरूलाई हिरासतमा राख्न अनुमति दिएको छ। उनीहरू ३ मार्चमा अदालतमा हाजिर हुनेछन। 

यो पनि पढ्नुहोस्: नक्कली लाईसेन्सले गाडी चलाउने तीन समातिए

Two Nepalese charged with trafficking illicit drugs


अष्ट्रेलियन संघिय प्रहरी कमाण्डर जोन ट्यान्टीले अष्ट्रेलिया भित्र र बाहिरबाट हुनसक्ने लागुऔषध ओसारपसार रोक्नको लागी अनुसन्धान अधिकारीहरूको कडा र प्रभावकारी संजाल रहेको बताउनुभयो। 

यदी तपाईं वा तपाईंका कोही लागुऔषध दुर्व्यसनको शिकार हुनुभएको छ भने अष्ट्रेलियामा सहयोग उपलब्ध छ। त्यसका लागी तलका नम्बर र संस्थामा सम्पर्क गर्नुहोस्। 

For free and confidential advice about alcohol and other drug treatment services call the National Alcohol and Other Drug Hotline on 1800 250 015.

Access free 24/7 drug and alcohol counselling online at counsellingonline.org.au.

For information about drug and alcohol addiction treatment or support, go to turningpoint.org.au.

Post a Comment

Previous Post Next Post

गोपनियता र कुकिज बारे!

हामी कुकिज तथा अरू प्रविधि र टुलहरू प्रयोग गरेर वेबसाईटको प्रयोग र प्रयोगकर्ताको प्रवृति आँकलन गर्दछौं, ताकी तपाईंलाई सही तरिकाले सही सामग्री देखाउन सकौं.

गोपनियता नीति हेर्नुहोस्