नेपालबाट अष्ट्रेलिया पढ्नका लागी वैदेशिक अध्ययन
अनुमतिपत्र (एनओसी) लिने विद्यार्थीको संख्या ह्वात्तै घटेको पाईएको छ। समग्रमा नेपालबाट
विदेश पढ्न जानका लागी यसखालको स्वीकृति लिनेको संख्या निक्कै बढेको भएपनि अष्ट्रेलिया
पढ्न चाहनेको संख्या भने घटेको हो। पछिल्लो दुई महिनाको तथ्यांकले माघ महिनामा
भन्दा फागुनमा अष्ट्रेलिया पढ्न आउन चाहनेको संख्या करिब एक हजारले घटेको देखाएको
छ। माघ महिनामा तीन हजार पाँचसय १७ जनाले अष्ट्रेलिया पढ्नको लागी एनओसी लिएकोमा
फागुनमा त्यो संख्या दुई हजार छ सय १० रहेको छ।
देश |
माघ |
फागुन |
अष्ट्रेलिया |
३५१७ |
२६१० |
जापान |
१५८ |
८०९१ |
क्यानडा |
२२४८ |
१६६० |
समग्रमा भने नेपालबाट विदेश पढ्न जान चाहनेको सङख्या आकाशिएको छ। माघ महिनामा सात हजार छ सय १८ ले विदेश पढ्न जानका लागी स्वीकृति लिएकोमा फागुन महिनामा करिब दोब्बर १३ हजार नौसय ४५ ले स्वीकृति लिएका छन्। सबैभन्दा धेरै नेपाली विद्यार्थीले जापान पढ्नका लागी स्वीकृति लिएका छन्। माघ महिनामा जापान पढ्न जानका लागी एकसय ५८ ले स्वीकृति लिएकोमा फागुनमा आठ हजार ९१ ले जापान पढ्न जाने स्वीकृति लिएका छन्।
नेपालीका बीच अष्ट्रेलियाको चार्म घट्दै
पछिल्लो समय अष्ट्रेलियाले माईग्रेसनको नीति लचक बनाएको
भए पनि नेपालमा भने अष्ट्रेलिया पढ्न आउन चाहनेको संख्या घट्न थालेको छ। ‘आर्थिक
हैसिय प्रमाणित गर्नको लागी चाहिने कागजातहरूमा कडाई भएकाले पनि नेपालीहरू
अष्ट्रेलिया विद्यार्थी भिजामा जान चाहनेको संख्या घटेको हो’, काठमाण्डौंका एक
एजुकेशन कन्सल्टेन्सी संचालकले भन्नुभयो। ‘कोरोनाकालमा काम गर्न पाउने, कागजात पनि
कम चाहिने र पढ्न जान नपर्ने सस्ता कलेजहरूमा पनि भिजा लागेको हुनाले विद्यार्थी
भिजामा जानेको संख्या बढेको हो’, अहिले जापान जान चाहने धेरै छन्, उहाँले
थप्नुभयो। अष्ट्रेलियाका धेरै नेपाली संचालक रहेका कलेजहरूले विद्यार्थीलाई भिजा
नलागेपछी शुल्कहरू नै फिर्ता नगरेको, ढिलाई गरेको कारण पनि नेपाली विद्यार्थीहरू
विद्यार्थी भिजा कै लागी अष्ट्रेलियाका सस्ता कलेज भर्ना गर्ने मुडमा छैनन्। तर, ‘राम्रो
एकेडेमिक, अंग्रेजी र आर्थिक अवस्था भएकाहरू चाहिँ राम्रा विश्वविद्यालयमा जान
रोकिएका छैनन्’ उहाँको भनाई छ।
नेपालको शिक्षा मन्त्रालय अन्तर्गतको वैदेशिक अध्ययन अनुमतिपत्र शाखा प्रमुख वासुदेव वस्तीले जापानमा भाषा अध्ययनका लागी समेत खुला भएका कारण जापान जान चाहनेको संख्या बढेको हुनसक्ने बताउनु भयो। फागुनको तथ्यांकले नेपाली विद्यार्थीको लागी जापान प्रमुख गन्तव्य बनेको देखाउँछ। नेपाली विद्यार्थीहरूले ३६ देशमा पढ्न जानको लागी यस्तो एनओसी लिएका थिए।
अष्ट्रेलियाका साना कलेज ठूला समस्या
अष्ट्रेलियाका साना नीजि भेट कलेजहरूमा नेपाली विद्यार्थीहरूले ठूला समस्या भोग्ने गर्दछन्। पढाई शुल्क अनुसारको नहुने, फेल गरिदिने, समयमा असाईनमेन्ट तथा रिजल्ट नदिने लगायतका समस्याहरू नेपाली विद्यार्थीले भोग्दै आएका छन्। पछिल्लो समय पढाई सकेका विद्यार्थीलाई समेत अड्काएर विश्वविद्यालयको 'ईन्टेक' नै छुट्ने अवस्था बनेको छ।
धेरै नेपाली विद्यार्थीहरूले पढ्नको लागी रोज्ने गरेका अष्ट्रेलियाका नीजि भोकेसनल (भेट) कलेजहरूमा नेपाली विद्यार्थीहरूले कोरोनाको समयमा ठूला समस्या भोगेको कारण पछिल्लो बदलिएको परिस्थितीमा नेपाली विद्यार्थी अष्ट्रेलिया अप्लाई गर्नको लागी उत्साहित छैनन्। विद्यार्थी भिजाका लागी थप कागजात मागेपछी भिजा रिजेक्ट भएका धेरै विद्यार्थीले तिरेको शुल्क कलेजहरूले फिर्ता नगरेको कारण मानसिक र आर्थिक दबाब भोगेको अनुभवका कारण पनि नेपाली विद्यार्थीको 'भेट' कलेजमा कम चासो छ। त्यसो त अष्ट्रेलियाका साना नीजि कलेजहरूलाई थोरै मात्र कानुनी नियमन रहेको कारण विदेशी विद्यार्थीहरू मर्कामा पर्ने गरेका छन्। धेरै ‘फि’ र ‘फि फिर्ता’का विषयमा विद्यार्थीहरूले यस्ता कलेजहरू विरूध्द उजुरी गर्ने गरेका छन्। जुन २०२२ सम्मको साढे तीन वर्षमा ‘ओभरसिज स्टुडेन्ट अम्बड्स्म्यान’मा साना कलेजहरूमाथि छ हजार जति उजुरी परेका छन्। ‘अम्बड्स्म्यान’ले ४० प्रतिशत जति मुद्दामा कलेजहरूले नै आफ्नो जिम्मेबारी पुरा नगरेको भेटेको छ।
नेपालमा त यस्ता कलेजहरूले शिक्षा भन्दा पनि काम गर्ने अधिकार बेचेर 'भिजा फ्याक्ट्री'को काम गरेको भनेर आरोप लाग्ने गरेको छ।
https://t.co/NUR0WGfA59 The current high approval rate for offshore VET sector student applications from Nepal could raise more risk of colleges focused on selling “work visas” rather than education, : Dr Abul Rizvi.
— Mari R (@randlight) May 29, 2022
Post a Comment