लेखक: रवी भट्टराई |
समयामा पैसा नेपालमा नपाए पछि थाहा भयो कि त्यो रेमिट नेपालको लागि अवैधानिक रहेछ वा हुन्डी मार्फत नेपालको बैंकमा डिपोजिट हुने रहेछ। अष्ट्रेलियामा रहेका यस्ता धेरै रेमिट जसले अष्ट्रेलिया सरकारलाई कर तिरेर अष्ट्रेलियामै बसेर गरिने पैसाको कारोबार वैधानिक हो तर नेपाल राष्ट्र बैंकबाट स्वीकृति लिएका हुँदैनन जुनबाट नेपालमा पैसा पठाउदा अवैधानिक मानिन्छन । धेरै बठ्याईँ नजान्ने, बाहिरी कुरामा चासो नदिने वा नियम कानुन अनुसार जति लाग्छ त्यति तिरेर पैसा पठाउँछु भन्ने नेपालीले पनि यस्तो माध्यमबाट नेपालमा पैसा पठाइरहेका छन् । तर अहिले रेमिट्यान्स सेवा अनलाईन मार्फत सिधै नेपालको बैंकमा ट्रान्सफर गर्न सकिन्छ। ती रेमिट लिगल हुन। जसले रेट पनि हुण्डिले जति नै दिन शुरू गरेका छन् तपाईंहरूले ३ ओटा मात्र अनलाइन रेमिट फलो गर्नु भयो भने पनि राम्रो रेट पाउनु हुनेछ।
अर्को भनेको हुन्डी जुन प्रयोग नै नगर्नुस् यसले नत तपाईंको भलो गर्छ न देशको नै। एक ठाँउमा पठाइने पैसा अर्कोतिर पठाएर कमिसन खाने प्रक्रियालाई सोझो हिसाबमा हुन्डी भनिन्छ। हुन्डी सञ्चालकहरुले बैंकको दरभन्दा नेपाली रुपैयाँको विनिमय दर बढी दिने हुनाले पनि नेपालीहरुले अवैध माध्यमबाट रकम पठाइरहेका छन् नेपालमा पैसाको स्रोत देखाउन बैंकमार्फत् नै कारोबार गर्नु अनिवार्य हुन्छ।
यो पनि पढ्नुहोस्: यी हुन् नेपालका आधिकारीक रेमिट कम्पनी
नेपाल पैसा पठाउँदा रेमिटान्स सम्बन्धी पालन गर्नुपर्ने शर्तहरू
नेपाल पैसा पठाउँदा केही कानुनी तथा व्यवहारिक शर्त अर्थात प्रवधानहरूलाई ख्याल राख्नु अति आवश्यक हुन्छ।
नेपाल पैसा पठाउँदाका व्यावहारिक पक्ष
अष्ट्रेलियामा दुःख गरेर कमाएको पैसा वैधानिक रुपमा नपठाउँदा हुन्डी वालाले खाइदिन सक्छ जुन मेलबर्न हुण्डी काण्ड र नेपाली पेज मा आएका विषय यसका प्रमाण हुन।
- हुन्डी वालाको हामीभन्दा बढी प्रभाव यो देशमा रहेको छ किनकि उनीहरू समुदायमा केही समाजसेवा गरेको जस्तो गर्दै आफ्नो प्रभाव पारेर बसिरहेका छन्।
- अवैधानिक रुपमा रहेका रेमिट र हुन्डीले दिएको रेटको पछि लाग्ने तर यसले भविष्यमा देखाउने असर तिर नसोच्ने , दुःख गरेर कमाएको पैसा सुरक्षित माध्यमबाट नपठाउने, समस्या परेसी म डुबे भन्ने सुनिन्छ।
- मानौं तपाईंको बुवा सरकारी सेवामा, कुनै संस्थामा वा प्राइभेट सेवामा कार्यरत हुनुहुन्छ भन्ने यसरी पठाएको रकमको आमदानीको श्रोत देखिँदैन कुनै उजुरी दर्ता भएमा अख्तियार वा सम्पति शुद्धिकरण विभागले कारबाही गर्न सक्छ। तपाईंले यताबाट पठाएको पैसा आमदानीका रूपमा देखिनको लागी तपाईंले पठाएको रकम तपाईंको नै नामबाट तपाईंको परिवारको बैंक खातामा जम्मा भएको हुनुपर्छ।
- तपाईंले पठाएको रकमबाट नेपालमा कुनै जग्गा जमीन किन्दै हुनुहुन्छ भने तपाईंले कसरी कमाउनु भयो भनेर आमदानीको श्रोत देखाउनु पर्दछ आजकल त मालपोत कार्यालयले बैंक मार्फत कारोबार गर्नु पर्ने भनी निर्देशन जारी नै गरेको छ। जसका लागी लिगल रेमिटको प्रयोग गर्नु जरूरी छ।
- मानौं तपाईंले १० लाख भन्दा माथि नेपालको बैंकमा रकम जम्मा गर्नु भयो भने त्यसको आमदानीको श्रोत पनि दिनु पर्छ
- नेपाल राष्ट्र बैंकले बाणिज्य बैंकहरुलाई रेमिट्यान्स कारोबारमा कडाइ गरेको छ जसले गर्दा तपाईंको यस्ता गल्तीले गर्दा भविष्यमा तपाईंको परिवारलाई कुनै समस्या नहोस वा समाजमा सबैको नराम्रो चाहने व्यक्ति हुन्छन् त्यस्ता व्यक्तिले चाहेमा तपाईंको परिवारलाई कानुनी दायरामा ल्याउन सक्छन्।
- अनौपचारिक माध्यमबाट पठाइएको पैसा अवैध हुन्छ र कानुनी कारबाहीको लागि भागीदार हुन सकिन्छ। जुन बेला सम्म तपाईंलाई कानुनको आँखाले देख्दैन त्यतिबेला सम्म नै बचिन्छ कानुनको आँखाले देखेमा सजायको भागिदार हुनपर्छ।
नेपाल पैसा पठाउँदाका कानुनी पक्ष
व्यवहारिकसँगै नेपालमा रेमिटान्सको कारोवार गर्दा नेपालमा नेपालको कानुन अनुसारको व्यवहार पनि भएको हुनुपर्छ नत्र त्यस्तो कारोवार अवैध मानिन्छ त तपाईंले पठाएको पैसा हात पर्ने व्यक्ती कानुनी समस्यामा पर्ने संभावना रहन्छ। यस खालको अपराधमा ठूलै सजायँ हुने भएकाले रेमिटान्सको कारोवार गर्दा यस्ता कानुनी पक्षमा पनि ध्यान दिनुपर्छ।
- नेपाल राष्ट्र बैंकलाई अरु बैंकले प्रदान गरेको विनिमयदर र स्वदेशको कारोबारमा प्रयोग गरेको विनिमयदरको दैनिक विवरण मासिक रुपमा पेस गर्नुपर्नेछ ।
- विदेशबाट प्राप्त रेमिटान्स ग्राहकको खातामा नै जम्मा गर्नुपर्नेछ । ग्राहकलाई भुक्तानी दिँदा खातामार्फत नै भुक्तानी दिनुपर्नेछ ।
- रेमिटान्स गरि ल्याएको विदेशी मुद्रा भुक्तानी गरेको रकमको विस्तृत विवरण अध्यावधिकरुपमा राख्नुपर्नेछ ।
- प्रतिग्राहक १० लाख रुपैयाँ भन्दा माथि नेपाल पैसा ट्रान्सफर गर्दा आमदानीको श्रोत खुलाउनु पर्दछ।र बैंकले राष्ट्र बैंकलाई जानकारी उपलब्ध गराउनुपर्नेछ।
- शंकास्पद कारोबारको विवरण तथा सूचना प्रचलित व्यवस्थाबमोजिम नेपाल राष्ट्र बैंकलाई जानकारी उपलब्ध गराउनुपर्नेछ।
- बैंकले सम्पत्ति शुद्धिकरण तथा आतंककारी कार्यमा वित्तीय लगानी निवारणका सम्बन्धमा जारी गरिएका निर्देशनको पालना गर्नुपर्नेछ ।
कोभिड–१९ को महामारीका कारण सिर्जित लकडाउन र व्यवसाय बन्दको असरस्वरूप यो वर्ष विश्वभरका रेमिट्यान्स प्रवाहमा कमी आउने र यसले रेमिट्यान्समा निर्भर राष्ट् लाई र बैदेशिक रोजगारीमा आश्रित परिवारलाई प्रत्यक्ष प्रभाव पार्ने छ। वैधानिक रुपमा गएको रेमिटान्सले आफ्नो परिवार र समाजलाई आर्थिक रुपमा सबल बनाउनुका साथै नेपालको अर्थतन्त्रलाई चलायमान बनाउन मद्दत गर्दछ।
Post a Comment