शुक्रबार देखी ओशेनीया नेपाली स्पोर्टस मीट, क्यानबेरामा नेपाली मुलका खेलाडीको प्रतिस्पर्धा

शुक्रबारबाट ओशेनिया क्षेत्रमा बस्ने नेपाली खेलाडी र क्लबबीच खेलकुद प्रतिस्पर्धा हुने भएको छ। अष्ट्रेलिया तथा न्यूजिल्याण्ड क्षेत्रका खेलाडी तथा क्लब सहभागी हुने प्रतिस्पर्धाको नाम 'ओशेनीया नेपाली स्पोर्टस मीट २०२३' दिईएको छ। राजधानी क्यानबेरामा आयोजना हुने स्पर्धामा सहभागी हुन देशका सबै राज्यबाट खेलाडीहरू क्यानबेरा आईपुगिसकेका छन्। प्रतियोगिता आयोजक समितीका संयोजक आर्दशजंग पाण्डेका अनुसार सात सय खेलाडी प्रतियोगीतामा सहभागी हुनेछन्।  
शुक्रबार देखी ओशेनीया नेपाली स्पोर्टस मीट, क्यानबेरामा नेपाली मुलका खेलाडीको प्रतिस्पर्धा


ओशेनिया क्षेत्रमा बस्ने धेरै नेपालीलाई समेट्ने प्रयास गरको खेल स्पर्धा भएकाले यसलाई खेलमा रूचीराख्ने नेपाली मुलका ओशेनियनहरूले महत्वको प्रतिस्पर्धाका रूपमा लिने गर्दछन्। ओशेनीया नेपाली स्पोर्टस मीट 'अष्ट्रेलियन नेप्लिज फ्रेन्डशिप सोसाइटी'को आयोजना एवं एनआरएन लगायतका धेरै नेपाली संघसंस्थाहरूको समर्थन त सहयोगमा प्रतियोगिता हुन गईरहेको छ।  
यो खेल प्रतिस्पर्धाको पाचौं संस्करण हो। ओशेनिया क्षेत्रमा बस्ने नेपालीहरूका बीच समन्वय, भातृत्व विकास हुने साथै नेपाली खेल भावनाको प्रबर्द्धन गर्ने हिसाबले सन् २०१३ देखी यसखालको खेलकुद हुन थालेको हो। यो खेल प्रतियोगीतामा क्रिकेट,गल्फ ,फुटबल, भलिबल, लन टेनीस, ब्याडमिन्टन, बास्केटबल, टेबल टेनिस, साथै पौडी र दौड लगायतका खेलकुदका विधामा प्रतिस्पर्धा हुने संयोजक आदर्शजंग पाण्डेले बताउनु भयो। यसखालको प्रतिस्पर्धा सिड्नी, मेलबर्न, ब्रिजबेनमा आयोजना भईसकेको छ।  
नेपालबाट अवसर र भविष्यका लागी विदेश आउने क्रम बढ्दै जाँदा नेपालका विभिन्न खेल समुह तथा राष्ट्रिय टीमबाट समेत खेलेका खेलाडीहरू अष्ट्रेलिया, न्यूजिल्याण्ड लगायतका देशमा बस्दै आईरहेका छन्। उनीहरूले शौखका रूपमा खेलकुदलाई अगाडी बढाईरहेको सन्दर्भमा यस्ता खेलकुद प्रतियोगीताले खेल भावना साथै समुदायलाई जोड्न समेत भूमिका खेल्दछ। 

Post a Comment

Previous Post Next Post

गोपनियता र कुकिज बारे!

हामी कुकिज तथा अरू प्रविधि र टुलहरू प्रयोग गरेर वेबसाईटको प्रयोग र प्रयोगकर्ताको प्रवृति आँकलन गर्दछौं, ताकी तपाईंलाई सही तरिकाले सही सामग्री देखाउन सकौं.

गोपनियता नीति हेर्नुहोस्