मेलबर्नको सडक दुर्घटनामा दुई नेपालीले गुमाए ज्यान

गम्भिर सडक दुर्घटनामा परेर दुई नेपालीको निधन भएको छ। मेलबर्नको दक्षिणी कोल्डफिल्डमा सोमबार साँझ सवारी अनुशासन मिचेर हुईंकिँदै आएको कारले सवारी चालक पट्टिको भागमा ठक्कर दिँदा कारमा सवार दुईजनाको घटनास्थलमै निधन भएको भिक्टोरिया प्रहरीले जनाएको छ। दक्षिणी कोल्डफिल्डको नर्थ रोडमा सोमबार साँझ १० बजेर ४५ मिनेट जाँदाको समयमा हुँकिएर आएको बीएमडब्लु सेडानले ३३ वर्षका नेपाली चालक सहित दुईजना चढेको होण्डा सिभिकलाई ठक्कर दिएको थियो। 

2 Nepalese lost life in an accident in Melbourne, Channel Nine Screen grab
दुर्घटनामा परेको नेपाली दम्पत्ति चढेको कार। तस्विर: च्यानलनाईनको युट्युब भिडियो

भिक्टोरिया प्रहरीका प्रवक्ताले ठक्करको कारण मृतकहरू चढेको कार सडकमा नै बल्ड्याङ खाएको थियो। प्रहरी र मिडियामा आएका फोटो र भिडियोमा कार कच्याककुचुक भएर उत्तानो परेको देख्न सकिन्छ। सडकमा दुई जनाको ज्यान लिने गरेर दुर्घटना गराउने बिएमडब्लु सेडान चलाउने चालक र उनीसँगै कारमा सवार दुवै २० को उमेरका छन्। उनीहरु गम्भिर रुपमा घाईते भएकाले अल्फ्रेड अस्पतालमा उनिहरूको उपचार भईरहेको प्रहरीले जनाएको छ। 

प्रहरीको अनुसन्धान टोलीले दुर्घटना गराउने सवारी सडकमा रातो बत्तिमा नरोकिई कम्तिमा पनि सडकको गति सीमा भन्दा दोब्बर गतिमा हुईंकिएर अघि बढेको हुनसक्ने अनुमान गरेका छन्। दुर्घटना भएको सडकको गति सीमा ७० किलोमिटर प्रतिघण्टाको गतिमा सवारी चलाउनुपर्ने छ। उनीहरूले १४० किलोमिटर प्रतिघण्टाको गतिमा सवारी चलाएको हुनसक्ने अनुमान गरिएको छ। 

 च्यानल नाईनको यसै बारेको समाचार

यो पनि पढ्नुस्: Noteworthy suggestion for students driving in Australia with Nepali license


स्थानियहरूले मिडियालाई सो सडकमा गतिसीमा नाघेर द्रुत गतिमा सवारी चलाउने गतिविधी बारम्बार हुने गरेको बताएका छन्। भिक्टोरियामा यसवर्ष मात्रै ११९ जनाले सडक दुर्घटनामा ज्यान गुमाईसकेका छन्। 

भिक्टोरिया प्रहरी र यहाँका मिडियाले मृतकहरूको खास पहिचान सार्वजनिक नगरे पनि नेपाली समुदायका मिडिया र सामुदायिक संस्थाका अगुवाहरूले मृतकहरू नेपाली दम्पति रहेको भनाई सार्वजनिक गरेका छन्। यसबाट मृतकहरू नेपाली रहेको अनौपचारिक रुपमा खुलेको छ। 

प्रहरीले सवारी चलाउँदा सडक अनुशासन, नियम र चोकमा राखिएका बत्तिहरूलाई मान्न अनुरोध गरेको छ। 

नेपालीपेज, अष्ट्रेलियामा रहने सबै नेपालीलाई सडक नियम पालना गरेर सवारी चलाउन। साथै, आफू र सडकका अरू प्रयोगकर्ताको सुरक्षालाई प्राथमिकतामा राख्न अनुरोध गर्दछ। 


Anyone who witnessed the collision or anyone with dashcam footage is asked to contact Crime Stoppers on 1800 333 000 or visit www.crimestoppersvic.com.au

For the current provisional lives lost tally please see https://www.police.vic.gov.au/road-safety-0.


Post a Comment

Previous Post Next Post

गोपनियता र कुकिज बारे!

हामी कुकिज तथा अरू प्रविधि र टुलहरू प्रयोग गरेर वेबसाईटको प्रयोग र प्रयोगकर्ताको प्रवृति आँकलन गर्दछौं, ताकी तपाईंलाई सही तरिकाले सही सामग्री देखाउन सकौं.

गोपनियता नीति हेर्नुहोस्