एनआरएनमा सदस्यता शुद्धिकरणमा ठूलो फड्को, एउटा कार्डको भुक्तानीमा तीन सदस्य मात्रै

गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) अष्ट्रेलियाको नेतृत्व चयनको समयमा निरन्तर उठ्ने विषय सदस्यता र भोटर हुने गरेको छ। दुईवर्षको कार्यकाल रहने एनआरएनएको सदस्यता वितरण र नेतृत्व चयनको प्रक्रिया अन्तिमको समयमा सँगै हुँदा चुनाव जित्नको लागी पैसा लगानी गरेर सदस्यता बनाउने त्यसरी बनाएको सदस्यको बलमा नेतृत्व हासिल गर्ने आरोप लाग्दै आएको छ। औपचारिक रुपमा नै सार्वजनिक मंचहरूमा नेपाली समुदायका अगुवाहरूले यसखालको गतिविधी हुने गरेको बताउँदै पनि आएका छन्। 

यसपटक भने एनआरएनएको अध्यक्ष बन्ने मनसुवा राख्नेले ठूलो संख्यामा आफ्ना भोटरका रूपमा अरूलाई सदस्यता दिलाउन नसक्ने भएका छन्। २०२३-२०२५ को कार्यकालका लागी संस्थाको नेतृत्व छान्ने क्रममा गठन भएको निर्वाचन आयोगले गरेको 'बोल्ड डिसिजन'ले सदस्यतामा गरिने गरेको अनियमिततालाई धेरै हदमा रोक्ने देखिन्छ। 'एउटै कार्डबाट गरिएको सदस्यता शुल्क भुक्तानी रहेछ भने पहिलो तीन जनाको मात्र सदस्यता मान्य हुनेछ', आगामी कार्यकालका लागी नेतृत्व छनौटको निर्वाचन आयोगको नेतृत्वमा रहनु भएका टोनु घोतानेले बताउनु भयो। 

यसखालको व्यवस्थाले कसैले अरू पाँच जनालाई पहिले सदस्य बन्नका लागी पैसा तिरिदिएको रहेछ भने आफू छैठौं वा चौंथो क्रममा रहेको भए पैसा तिरिदिने व्यक्तिकै सदस्यता पनि अमान्य हुने छ। यसखालको निर्णय आएपछी अष्ट्रेलियामा रहेका नेपालीहरूले एनआरएनएमा हुँदै आएको नेतृत्व हत्याउने खेल रोकिने आशा गरेका छन्।

Tonu Ghotane
एनआरएनए अष्ट्रेलियाको निर्वाचन प्रक्रियाबारे जानकारी दिन आयोजित वेविनारमा बोल्दै टोनु घोताने (दायाँ)। तस्वीर: एनआरएनए

एनआरएनएले यसपटक सदस्यता व्यवस्थापनका लागी प्रयोग गरेको प्रविधि (एमआईएस)का कारण सदस्य बन्दा गरिएका गरिविधी (फारम, भुक्तानी लगायत)को तत्क्षण अभिलेख रहने भएकाले यसखालको निर्णय लिन र सदस्यताको वैधता स्थापित गर्न सहज भएको हो। 'अहिलेको एमआईएस सिस्टमका कारण पेमेन्ट ट्रयाक गर्न सकिने भएकाले यसखालको निर्णय लिन सकियो', निर्वाचन आयोग प्रमुख टोनु घोतानेले भन्नुभयो। 

स्वयंसेवीका रूपमा गैरनाफामूलक संस्थाका रूपमा रहेको एनआरएनएमा नेतृत्व लिनका लागी एकैजनाले धेरै सदस्य बनाउने क्रम तोड्न एउटा कार्डबाट भुक्तानी गरेर सदस्यताका लागी निवेदन दिएका मध्ये सुरूका तीन जनाको सदस्यता मात्र स्वीकृत हुने निर्णयले सदस्य बनाउने र बढाउने खेलमा रहेकालाई भने तनाब दिने देखिएको छ। घोतानेले आफूहरूको कार्यादेश (म्याण्डेट) निष्पक्ष र पारदर्शी चुनाव गर्ने रहेकाले त्यसमा आफूहरू स्पष्ट रहेको बताउनु भयो।  

एनआरएनए अष्ट्रेलियाको नयाँ नेतृत्वका लागी २९ जुलाई शनिबार निर्वाचन हुँदैछ। अष्ट्रेलियाका सबै राज्यमा स्थानिय समय अनुसार बिहान नौ बजे देखी सुरू हुने मतदानको कार्यक्रम पाँच बजे समाप्त हुने छ भने राती नौ बजे नै नतिजा सार्वजनिक गर्ने योजना रहेको छ। 

Post a Comment

Previous Post Next Post

गोपनियता र कुकिज बारे!

हामी कुकिज तथा अरू प्रविधि र टुलहरू प्रयोग गरेर वेबसाईटको प्रयोग र प्रयोगकर्ताको प्रवृति आँकलन गर्दछौं, ताकी तपाईंलाई सही तरिकाले सही सामग्री देखाउन सकौं.

गोपनियता नीति हेर्नुहोस्