थ्रीजी मोबाईल बन्द गर्दै अष्ट्रेलिया, तपाईं पनि प्रभावित पो हुनुहुन्छ कि?

यतिखेर अष्ट्रेलियामा फाईभजी मोबाईल धेरैको हात हातमा नै भईसकेको छ। साथै फोर जी पनि प्रयोगमा छ। कतिपय टेलिफोन सेवा प्रदायकले प्याकेज सेवामा सुरूमा निश्चित जिबी फाईभजी डाटा दिने र त्यो सकिएपछी फोरजी डाटा दिने पनि गरेका छन्। फोर जी र फाईभजीको प्रयोग बढ्दै गएपछी अष्ट्रेलियाका टेलिकम सेवा प्रदायकहरूले थ्री जी नेटवर्क बन्द गर्न लागेका छन्। २०२४ को सुरू देखी नै अष्ट्रेलियाका मोबाईल सेवा प्रदायकले थ्री जी नेटवर्क बन्द गर्न सुरू गरिसकेका छन्। टीपीजी टेलिकम अर्थात् भोडाफोनले जनवरीमा नै थ्री जी बन्द गरिसकेको छ। टेलस्ट्राले ३१ अगस्तमा बन्द गर्दैछ भने अप्टसले सेप्टेम्बर बाट थ्रीजी बन्द गर्दैछ। 
3g closure in Australia


२०१९ देख नै थ्रीजी बन्दको योजना बनेको भएपनि धेरै मोबाईल फोन तथा अरू उपकरणहरू यही नेटवर्कमा आधारित भएकाले समय लाग्दै आएको थियो। टेलस्ट्रला गत जुन ३० मा नै थ्रीजी सेवा बन्द गरेको भनेकोमा अप्रिलमा मात्र एकलाख १० हजार उपभोक्तासँग थ्रीजी फोन नै रहेको तथ्यांक आएपछी समय पछाडी सारेको हो। 

थ्री जी नेटवर्क बन्द हुँदा आपतकालिन सेवाहरू प्रहरी, एम्बुलेन्स, दमकलको नम्बर तीन शुन्ना (ट्रिपल जीरो)मा फोन गर्न समेत नमिल्ने अवस्था हुने भएकाले यो नेटवर्क बन्दको कामलाई बिस्तारै अगाडी बढाईएको हो। कतिपय फोरजी फोनहरूले पनि थ्री जी बन्द गरेपछी काम नगर्ने अवस्था हुनसक्छ।

थ्री जी नेटवर्क बन्द हुँदा फोन वा आईप्याड, ट्याब्लेटले मात्र काम गर्न छोड्ने हैन कतिपय घरायसी सामानहरू जस्तो कि होम सेक्युरिटी डिभाईसले पनि काम नगर्ने हुनसक्छ। यदी व्यवसाय गर्नुहुन्छ भने तपाईंको ईएफटीपीओस् टर्मिनलले पनि काम गर्न छोड्नसक्छ। तपाईंको घर वा काममा प्रयोग हुने उपकरणहरूले थ्री जी नेटवर्क प्रयोग गर्दछन् भने यसबारेमा आफ्नो सेवा प्रदायकसँग बुझ्नुहोस।

अष्ट्रेलियाको टेलिकम उद्योगले नै थ्री जी बन्द गर्न लागेको हो ता कि नयाँ पुस्ताका फोर फाईभजीमा क्षमता बढाउन सहज होस्। थ्री जी नेटवर्क भएको २० वर्ष भईसकेको छ। केही वर्ष अगाडी फोरजीमा स्तरोन्नती हुँदा यसरी नै अष्ट्रेलियाका दूरसंचार सेवा प्रदायकले टुजी बन्द गरेका थिए।  

यसबारेमा थप जानकारीका लागी टेलिफोन प्रदायकको यसबारे जानकारी भएको पेजमा जानुहोस्:

Telstra 

Call:13 22 00
SMS ‘3’ to 3498 for an automatic response on your device’s 4G network compatibility.

Optus 

Call: 133 937

Vodafone/TPG Telecom


अष्ट्रेलियन मोबाईल टेलिकम्युनिकेशन्स एशोसियसनको थ्री जी बन्द हुने बारेको विशेष वेबसाईबाट यसबारे थप जानकारी लिन सकिन्छ: https://amta.org.au/3g-closure/ 



@nepalipage अष्ट्रेलियामा यो सालबाट थ्रीजी फोन चल्दैन ! Australia shutting 3g mobile network. #NepaliPage #nepleseinaustralia #nepperthmuser #nepsydmusers #tiktoknepal #nepali #nepalitiktok ♬ original sound - NepaliPage

Post a Comment

Previous Post Next Post

गोपनियता र कुकिज बारे!

हामी कुकिज तथा अरू प्रविधि र टुलहरू प्रयोग गरेर वेबसाईटको प्रयोग र प्रयोगकर्ताको प्रवृति आँकलन गर्दछौं, ताकी तपाईंलाई सही तरिकाले सही सामग्री देखाउन सकौं.

गोपनियता नीति हेर्नुहोस्