डिज्याबिलिटीमा काम गर्ने अर्जुन कँडेल बलात्कार आरोपमा दोषी

'डिज्याबिलिटी केयरर'का रूपमा काम गर्ने एडिलेडका अर्जुन कँडेललाई अदालतले बौद्धिक अपांगता भएका आफ्ना क्लाईन्टलाई बलात्कार र यौन दूर्व्यवहार गरेको आरोपमा दोषी ठहर गरेको छ। गत मंगलबार २१ मेमा एडिलेडको एक 'डिस्ट्रिक कोर्ट'ले सेल्सवरीमा बस्ने ४५ वर्षका अर्जुन कँडेललाई दोषी ठहर गरेको हो। 

indecently assaulting a disability client with intellectual disability
प्रतिरूप तस्वीर

कँडेललाई केयर होमको ग्रानि फ्ल्याटमा बस्ने दुई महिलालाई अनुचित व्यवहार गरेको आरोप लागेको थियो। ति मध्ये पहिलो पीडीतलाई गरेको भनिएको गम्भिर खालको अभद्र व्यवहारको आरोपमा उनलाई सफाई मिलेको छ भने दोश्री पीडितालाई बलात्कार र गम्भिर खालको अभद्र व्यवहारको आरोपमा उनलाई अदालतले दोषी ठहर गरेको छ। 

'डिस्ट्रिक कोर्ट'की न्यायाधिश लिस्ल कुडेल्काले पहिली महिला माथि पनि अभद्र व्यवहार भएको भएपनि त्यसको प्रकृतीबारे प्रष्ट नभएकाले यो आरोपमा दोषी ठहर गर्दिन भनेको एबीसी न्यूजले समाचारमा उल्लेख गरेको छ। तर दोश्री महिलाको विषयमा जसलाई उहाँले बलात्कारको संज्ञा दिनुभएको छ, त्यो सहमतीमा भएको थिएन। 'जब यो भएको थियो, उनीहरू मध्ये कोही पनि बोलेको थिएन' न्यायाधिश कुडेल्कालाई एबीसीले उदृत गरेको छ। 

महत्वका कुरा

  • अष्ट्रेलियामा धेरै नेपालीहरू एज्ड तथा डिज्याबिलिटी केयरको क्षेत्रमा काम गर्दछन्।
  • पीआर तथा कमाईको आकर्षण नै धेरैलाई यो क्षेत्रमा लाग्नुको कारण रहेको छ। 
  • कतिपयसँग पर्याप्त यो क्षेत्रमा काम गर्दाका चुनौती, व्यवहार र मर्यादा बारे जानकारी छैन।
  • पछील्लो समय यस क्षेत्रमा काम गरेका रजिस्टर्ड नर्स तथा केयररहरूको गम्भिर प्रकृतिका घटनाहरू सार्वजनिक भईरहेका छन्।

यो पनि पढ्नुस्: Things to know before joining Aged Care Training

assault victim
प्रतिरूप तस्वीर

दोश्री पीडिताले अन्तर्वार्तामा जे भएको थियो त्यसलाई 'अ ब्याड थिंग' भनेर भनेकी थिईन। बलात्कार र दुर्व्यवहारको घटना अगस्त २०२० को हो। २०२० देखी नै यो विषय अदालतको कारवाही प्रक्रियामा थियो। गत मंगलबार अदालतले कँडेललाई दोषी ठहर गरेपनि उनीलाई घर व्यवहार मिलाउनको लागी एक महिनाको जमानत मिलेको छ। तर उनले हरेक साता सोमबार पाँच बजे भित्र एलिजावेथ पुलिस स्टेशनमा हाजिर हुनुपर्नेछ। अदालतले उनलाई पासपोर्ट समर्पण गर्न पनि भनेको छ। जुनमा उनले आत्मसमर्पण गरेपछी अदालतले जुलाईमा सजायँ सुनाउने छ। 

यसबारे एबीसीले प्रकाशन गरेको समाचारहरू पढ्नुहोस्: 

२१ मे २०२४ 

Care worker Arjun Kandel found guilty of raping and indecently assaulting client with intellectual disability

१३ अप्रिल २०२२ 

South Australian disability carer Arjun Kandel faces trial for alleged sexual assault of clients 

१८ नोभेम्बर २०२१ 

Lawyer for disability worker Arjun Kandel argues to have key parts of prosecution case thrown out

९ सेप्टेम्बर २०२० 

Man faces court over alleged sexual assault of two women with disabilities 

११ अगस्त २०२० 

Adelaide disability worker charged with alleged sexual assault of woman in his care

Post a Comment

Previous Post Next Post

गोपनियता र कुकिज बारे!

हामी कुकिज तथा अरू प्रविधि र टुलहरू प्रयोग गरेर वेबसाईटको प्रयोग र प्रयोगकर्ताको प्रवृति आँकलन गर्दछौं, ताकी तपाईंलाई सही तरिकाले सही सामग्री देखाउन सकौं.

गोपनियता नीति हेर्नुहोस्