आजबाट सिड्नीमा प्रकाशोत्सव, नेपाली पाकेटमारको चर्चा

सिड्नीमा वार्षिक रूपमा आयोजना हुने प्रकाशोत्सव आजबाट सुरू हुँदैछ। योसँगै यसपटक 'भिभिड सिड्नी'को प्रकाशोत्सव हेर्न जानेहरुलाई 'पाकेटमार'हरूबाट जोगिनको लागि समेत अनुरोध गरिएको छ। यस पटक गतवर्षको सिड्नी प्रकाशोत्सवमा पाकेटमारी गर्नेहरूको प्रहरीले पहिचान गरेको जनाएको द टेलिग्राफ अखबारले जनाएको छ। व्यवसायिक पाकेटमारी गर्नेहरू मध्ये कम्तिमा पाँच नेपाली नागरिकको 'ग्याङ'को पहिचान भएको द टेलिग्राफ दैनिकले प्रकाशन गरेको समाचारमा उल्लेख छ। उनीहरू निक्कै सक्रिय रहेको पनि उल्लेख छ। यसपटकको 'भिभिड सिड्नी'मा प्रकाशोत्सव हेर्न आउनेहरूलाई उनीहरूले 'टार्गेट' गर्न सक्ने भन्दै सतर्कता अपनाउन भनिएको छ। 

टेलिग्राफ अखबारले न्यू साउथवेल्स प्रहरीका डिटेक्टिभ सुपरिटेण्डेन्ट मार्टिन फिलम्यानलाई उदृत गर्दै लेखेको छ, यो पुरानो जमानाको अपराध हो, तर यो समुह निक्कै दक्ष र सक्रिय रहेको गत वर्ष हामीले देख्यौं। गएको वर्षको 'भिभिड सिड्नी'मा मानिसहरुले आफूहरूको सामान चोरिएको तथा लुटिएको उजुरी गरेपछी प्रहरीले यसबारेमा अनुसन्धान गरेर पाकेटमार समुहको पहिचान गरेको हो।

यो पनि पढ्नुस्: अष्ट्रेलियामा व्यवसाय बढाउन सस्तो र सजिलो बनाउने फाईभस्टाररिभ्यूकार्ड

 

Vivid Sydney

अखबारका अनुसार १८ पीडितहरूले उनीहरुको पाकेट मारिएको उजुरी गरेका थिए भने अर्को ३५ जनाले आफ्नो सामान चोरिएको भन्दै प्रहरीमा गएका थिए।  डिटेक्टिभ सुपरिटेण्डेन्ट फिलम्यानले अखबारलाई विदेशबाट आएका पाकेटमारको समुहले सिड्नीका प्रमुख पर्यटकीय क्षेत्रमा पर्यटकहरूको पाकेटमार्ने गरेको प्रहरीको जानकारीमा आएको बताएका छन्। यस्ता पाकेटमार समुहले कसको सामान चोर्ने हो त्यसको पहिचान गर्ने, जम्मा भएर घेर्ने, एउटाले ध्यान तान्ने र अर्कोले सामान खोसेर भागि समुहको अर्को व्यक्तिलाई दिने गरेर पाकेटमार्ने कामलाई फत्ते गर्ने गरेका छन्। 

प्रहरीले यस्ता पाँच पाकेटमारलाई पक्राउ गरे पनि ३० वर्षका विनोद कुमारमात्र दोशी सावित भएर १५ महिनाको 'करेक्सन्स अर्डर'मा रहेका छन्। 'भिभिड सिड्नी'लाई सुरक्षित बनाउनका लागि प्रहरी र अरू आपतकालिन सेवाहरू संयोजित भएर लागेका छन्। शहरका प्रमुख भागहरूमा विशेष गरेर सिड्नी ओपेरा हाउस क्षेत्रमा थप 'मोबाईल क्यामेरा'हरू जडान गरिएका छन्। 

सिड्नी प्रकाशोत्सव 'भिभिड सिड्नी' तीन साता सम्म चल्नेछ। गत वर्ष ३५ लाख मानिसहरूले यसको अवलोकन गरेका थिए। २४ मे देखी १५ जुन सम्म चल्ने यो प्रकाशोत्सवका बारेमा थप जान्नका लागि यहाँ क्लिक गर्नुहोस्। 

Post a Comment

Previous Post Next Post

गोपनियता र कुकिज बारे!

हामी कुकिज तथा अरू प्रविधि र टुलहरू प्रयोग गरेर वेबसाईटको प्रयोग र प्रयोगकर्ताको प्रवृति आँकलन गर्दछौं, ताकी तपाईंलाई सही तरिकाले सही सामग्री देखाउन सकौं.

गोपनियता नीति हेर्नुहोस्