के छिट्टै घट्ला त बैंकको ब्याजदर? अष्ट्रेलियामा घर भएका र किन्न चाहनेले कहिले पाउँछन् खुसीको खबर

अष्ट्रेलियामा यतिखेर चारैतिर महँगी बढेको छ। दैनिक उपभोग्य वस्तुका साथै बैंकको ब्याजदरमा भएको वृद्धिले आम दैनिकी मुस्किलको हुँदै गएको छ। केही वर्ष अघि सम्म दुई प्रतिशत भन्दा तल रहेको बैंकको 'होमलोन'को ब्याजदर यतिखेर छ प्रतिशत भन्दा माथि पुगेको छ जसले गर्दा घर किनेका तथा घर किन्न चाहनेहरूलाई आर्थिक दबाब परिरहेको छ। घर भएकाहरू मासिक मोर्टगेजमा भएको वृद्धिका कारण तनाबमा छन् भने नयाँ घर किन्न चाहनेहरूले आफूलाई चाहिने जति ऋण बैंकबाट पाउन नसक्दा सिड्नी जस्ता ठूला शहरहरूमा घर किन्न नसक्ने अवस्थामा पुगेका छन्। 

happy face after bank interest rate down in australia


त्यसो त बैंकको ब्याजदर बढेकै कारण घर भाडा बढेर खपिनसक्नु भएको छ। साताको चार सय डलरमा पाईने युनिट यतिखेर आठसयमा पाउन पनि मुस्किल छ। यस्तो अवस्थामा गत वर्षको अन्तिम चौमास देखी रिजर्ब बैंक अफ अष्ट्रेलियाले 'क्यास रेट' बढाउन रोकेको छ। जसले ब्याजदर पनि बढन भने रोकिएको छ। यसले छिट्टै बैंकको ब्याज घट्ने अनुमान गरिएको छ। धेरै समाचार र विश्लेषणमा यही वर्ष वा आगामी वर्षको सुरूमा नै उल्लेख्य रूपमा ब्याजदर घट्ने संभावना रहेको उल्लेख हुनथालेपछी धेरैलाई राहत मिल्ने आशा गरिएको छ। तर यो कहिले र कसरी सुरू हुने हो भन्नेमा भने अन्यौल छ, सँगै, बैंकको ब्याजदरअझ बढ्न सक्ने भन्ने खालका समाचार र विश्लेषण पनि सुनिन थालेको छ।

पछिल्लो समय अष्ट्रेलियामा बेरोजगारीको दर पनि बढेको रिपोर्ट आएपछी भने केन्द्रिय बैंकले योजना गरे अनुसार मुद्रास्फीति नियन्त्रणमा आउन सक्ने संभावना पनि बढेको बताईन्छ। त्यसले गर्दा बैंकको ब्याजदर छिट्टै घट्न सक्ने वा अहिलेको भन्दा नबढ्ने संभावना देखिएको विज्ञहरू बताउँछन्। यसै बारेमा सिड्नीको कंगारू लोन्स (Kangaroo Loans)का मोर्टगेज ब्रोकर राम अर्यालसँग गरको कुराकानी हेर्नुहोस्: 
 
 
@nepalipage अष्ट्रेलियामा घर किन्ने कुरा ! Interest Rate बढ्ने घट्ने के छ त अवस्था? Home Loan Interest Rate कसरी कम पाउने? #NepaliPage #nepleseinaustralia #interestrates #realestate #homebuyer #neptasmuser #nepperthmuser #nepmelbmuser #nepdarwinmuser #nepbrisbaneuser🇭🇲 #nepcanberra #nepadelaide #nepsydmusers #tiktoknepal #mortgagebroker #nepaliinaustralia #canberra #melbourne #sydney #adelaide #brisbane #perth #darwin #hobart ♬ original sound - NepaliPage

Post a Comment

Previous Post Next Post

गोपनियता र कुकिज बारे!

हामी कुकिज तथा अरू प्रविधि र टुलहरू प्रयोग गरेर वेबसाईटको प्रयोग र प्रयोगकर्ताको प्रवृति आँकलन गर्दछौं, ताकी तपाईंलाई सही तरिकाले सही सामग्री देखाउन सकौं.

गोपनियता नीति हेर्नुहोस्