जागिरका खोज्न एआई प्रयोग गर्दै हुनुहुन्छ?

संसारभर नै यतिखेर कृतिम बौद्धिकता (आर्टिफिसियल ईन्टेलिजेन्स) अर्थात् एआईको प्रयोग बढिरहेको छ। पढाइ सिकाई देखी बजारीकरण साथै जीवनका धेरै पक्षमा यसको प्रयोगले मानिसको रोजगारी समेत खोस्ने अवस्था आईसकेको छ। धेरै कामहरूमा पहिले १० जना चाहिने ठाउँमा अब तीन जना जतिले नै काम गर्न सक्ने अवस्था बनेको छ। प्रविधिका क्षेत्रमा त एआईको कारण धेरैले जागिर नै गुमाई सकेका छन्। 

Artificial Intelligence

यो पनि पढ्नुहोस्ः अहिले विद्यार्थीलाई आईटीको क्षेत्रमा काम पाउन सजिलो छ


यसरी मानिसको जागिर समेत खोस्दिने वा मानिसले गर्नुपर्ने काम समेत गरिदिने एआईको प्रयोग जागिर खोज्नकै लागी प्रयोग गर्नेको पनि संख्या निक्कै भईसकेको छ। तर, रोजगारदाता तथा मानव संसाधन विभागहरू पनि जागिर खोज्ने जत्तिकै स्मार्ट भईसकेका छन्। उनीहरूले एआई प्रयोग गरेर जागिरका लागी निवेदन र छनौट प्रक्रिया पार गर्न चाहनेहरूलाई पत्ता लगाएर प्रतिस्पर्धाबाट नै बाहिर गर्न सुरू गरिसकेका छन्। 

अष्ट्रेलियामा आफ्नै क्षेत्रमा जागिर खोज्न चाहने धेरैले एआई प्रयोग गरेर छनौटका लागी सोधिने व्यवहारिक प्रश्नहरू मिलाउन थालेपछी कम्पनीहरूले यसखलाको कदम चालेका हुन्। जागिर खोज्न वा युनिभर्सिटीका असाईनमेन्ट गर्नका लागी एआई प्रयोग गर्नेहरूले आफूले प्रयोग गर्ने 'प्रम्प्ट', साथै लेखेको सामग्रीहरू मानविय सोच र शैलीसँग मिल्ने गरेर सम्पादन गर्नुपर्ने एआई प्रयोगकर्ता बताउँछन्। 


यसबारेको भिडियोः 


@nepalipage अष्ट्रेलियामा जागिर खोज्दै हुनुहुन्छ भने एकदम ध्यान दिनुस् है, नत्र…फसादमा परिएला !! #NepaliPage #nepleseinaustralia #tiktoknepal #nepsydmusers #nepali #nepalesecommunity #jobsearch #jobapplication #ai ♬ original sound - NepaliPage

Post a Comment

Previous Post Next Post

गोपनियता र कुकिज बारे!

हामी कुकिज तथा अरू प्रविधि र टुलहरू प्रयोग गरेर वेबसाईटको प्रयोग र प्रयोगकर्ताको प्रवृति आँकलन गर्दछौं, ताकी तपाईंलाई सही तरिकाले सही सामग्री देखाउन सकौं.

गोपनियता नीति हेर्नुहोस्