न्यूसाउथवेल्स र भिक्टोरियामा नयाँ अवैतनिक दूत

NSW and Victoria got New Nepalese Honorary Consul

नेपाल सरकारले अष्ट्रेलियाका दुई राज्य न्यूसाउथवेल्स र भिक्टोरियामा नयाँ अवैतनिक वाणिज्यदूत नियुक्त गरेको छ। नेपालीहरुको ठूलो संख्या यी दुई राज्यमा बसोबास गर्दछ। अष्ट्रेलियाका लागी नेपाली राजदूत कैलाशराज पोखरेलले न्यूसाउथवेल्सका लागी नियुक्त हुनुभएका संजिवकुमार शर्मा र भिक्टोरियाका निराजन गौलीलाई लेटर अफ कमिशन प्रदान गरेपछी औपचारिक रूपमा दुई राज्यले नयाँ नेपाली अवैतनिक वाणिज्यदूत पाएका हुन्। 


नेपालको अवैतनिक वाणिज्यदूत सम्बन्धि नियमावली २०३९ को व्यवस्था अनुसार लेटर अफ कमिशन प्राप्त गरेपछी मात्र अवैतनिक वाणिज्यदूतका रूपमा काम गर्न सकिन्छ। यस्ता अवैतनिक वाणिज्यदूतको कार्यावधि चार वर्षको हुनेछ। 


शर्माको व्यवसायिक सम्बन्ध एक्सपर्ट ग्रुपसँग रहेको छ। जसको एउटा प्रमुख व्यवससाय एजुकेशन एण्ड माईग्रेसन एजेन्सी हो। एक्सपर्ट ग्रुपले नेपालमा जलविद्युत साथै पर्यटन क्षेत्रमा समेत लगानी गरेको छ। भिक्टोरियाका गौली ईंजिनियर हुनुहुन्छ भने उहाँ नेपाली समुदायमा मानसिक स्वास्थ्य र सडक सुरक्षाको क्षेत्रमा अष्ट्रेलिया नेपाल पब्लिक ईंक मार्फत सक्रिय हुनुहुन्छ। 


Post a Comment

Previous Post Next Post

Advertisement

गोपनियता र कुकिज बारे!

हामी कुकिज तथा अरू प्रविधि र टुलहरू प्रयोग गरेर वेबसाईटको प्रयोग र प्रयोगकर्ताको प्रवृति आँकलन गर्दछौं, ताकी तपाईंलाई सही तरिकाले सही सामग्री देखाउन सकौं.

गोपनियता नीति हेर्नुहोस्