नेपाली समुदायका लागी निर्वाचन अभिमुखीकरण सम्पन्न


न्यूसाउथवेलसमा आगामी सेप्टेम्बरमा हुन लागिरहेको स्थानिय निकायको निर्वाचनका लागी नेपाली समुदाय केन्द्रीत सामुदायिक अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ। न्यूसाउथवेल्स निर्वाचन आयोग र गैरनाफामुलक सामजिक सेवा प्रदायक संस्था मेट्रो एसिस्टले नेपाली समुदायका सदस्यहरुलाई निर्वाचन, मतदान प्रक्रिया र निर्वाचनमा काम गर्ने अवसरहरूका बारेमा जानकारी दिनका लागी कार्यक्रमको आयोजना गरेको हो। 

NSW Election Nepalese Community Workshop

पश्चिम सिड्नीको ब्ल्याकटाउनमा आयोजना गरिएको कार्यक्रममा स्थानिय निकाले गर्नेकाम र त्यसका लागी नेतृत्व चयनको प्रक्रिया साथै अष्ट्रेलियाको नागरिकका रूपमा निर्वाचनमा निभाउनु पर्ने कर्तव्यका बारेमा जानकारी प्रस्तुत गरिएको थियो। नेपाली समुदायका लागी सामुदायिक अभियन्ता तथा पत्रकार मदनमणि अधिकारीले न्यूसाउथवेल्स निर्वाचन आयोगका तर्फको प्रस्तुतीकरण सहजिकरण गर्नुभएको थियो। कार्यक्रममा सहभागीहरूले अष्ट्रेलियाको निर्वाचनमा मतदान गर्न अनिवार्य भएकाले मतदान गर्ने गरे पनि उपयुक्त मतदान प्रक्रियाका बारेमा आफूहरू जानकार नरहेको बताएका थिए। 
NSW Election Awareness Program for Nepalese Community



सन् २०२२ मा भएको संघिय निर्वाचनमा बहुसांस्कृतिक जनसंख्या बढी भएको क्षेत्रमा धेरै मतहरू बदर भएको बारे राष्ट्रिय रूपमा नै चिन्ता व्यक्त भएको थियो। (यसबारेको समाचार यहाँ छ) बहुसांस्कृतिक समुदायका सदस्यहरूले गरेको मत बदर हुने अवस्थालाई बदल्नको लागी निर्वाचन आयोगले यस्ता समुदायमा निर्वाचन अभिमुखीकरणलाई जोड दिएको छ। यो वर्ष हुन लागेको निर्वाचनका लागी आयोगले विभिन्न समुदाय केन्द्रीत भएर जनचेतना जगाउने कार्यक्रमहरू गरिरहेको छ। 

अष्ट्रेलियामा हरेक निर्वाचनमा मतदान गर्न सबै १८ वर्ष माथिका नागरिकका लागी अनिवार्य छ। यदी मतदान गर्न छुटाउने हो भने जरिवाना समेत हुन्छ। मतदानका लागी मतदानको दिन मतदान केन्द्रमा गएर मत खसाल्ने बाहेक हुलाकबाट, टेलिफोन मार्फत वा निर्वाचन अगावै पनि मतदान गर्न सकिन्छ। यसबारे थप जान्नको लागि यहाँ क्लिक गर्नुस्। 

Post a Comment

Previous Post Next Post

गोपनियता र कुकिज बारे!

हामी कुकिज तथा अरू प्रविधि र टुलहरू प्रयोग गरेर वेबसाईटको प्रयोग र प्रयोगकर्ताको प्रवृति आँकलन गर्दछौं, ताकी तपाईंलाई सही तरिकाले सही सामग्री देखाउन सकौं.

गोपनियता नीति हेर्नुहोस्