यस्ता विद्यार्थीलाई डिपोर्ट गर्ला अष्ट्रेलियाले?

पछिल्लो समय अष्ट्रेलियाले विद्यार्थी भिजामा कडाई मात्र गरेको छैन, हरेक वर्ष अष्ट्रेलिया पढ्न आउन पाउने विद्यार्थीको संख्या समेत तोकेको छ। 'स्टुडेन्ट भिजा रिजेक्सन' र 'ईन्टेन्सन टु क्यान्सिल' को चिठी आउने क्रम पनि बढेको छ। योसँगै सरकारलाई केही अन्तर्राष्ट्रिय विद्यार्थी समुहलाई डिपोर्ट गर्न समेत दबाब परेको छ। गतसाता ‘घोष्ट कलेज’ भनिने पढाई नहुने १५० कलेज बन्द साथै अर्को १४० कलेजलाई चेतावनी दिएपछी ‘घोष्ट कलेज’का विद्यार्थीलाई चाहिँ के गर्ने भन्नेमा व्यापक चर्चा हुन थालेको छ। 

Hand cuffed person

यो पनि पढ्नुस्ः नक्कली लाईसेन्सले गाडी चलाउने तीन समातिए

अन्तर्राष्ट्रिय विद्यार्थीलाई भिजाका लागी भर्ना गर्ने, पढ्नको लागी कलेज जान नपर्ने, साथै गतिविधि कागजमा मात्र सिमित भएका कलेजमा भर्ना भएर अष्ट्रेलियामा विद्यार्थी भिजामा रहेका अन्तर्राष्ट्रिय विद्यार्थीलाई डिपोर्ट गर्नुपर्ने माग चर्को उठ्न थालेको छ। जुन अष्ट्रेलिया सरकारका सीप तथा तालिम मन्त्रि एण्ड्रू गिल्सले वक्तव्य जारी गरेर संचालनमा नरहेका तथा लगातार १२ महिना अध्यापन गरेको प्रमाण देखाउन नसकेका कलेजहरू बन्द गरिएको बताए पछी लगातार दबाबमूलक रूपमा आएको छ।

सरकारलाई दबाब दिनअष्ट्रेलियाका पत्रकार, विश्लेषक तथा अध्यागमन क्षेत्रमा विज्ञले डिपोर्ट गर्नुपर्ने माग उठाएका छन्। अष्ट्रेलियाको प्रसिध्द समाचार पोर्टल न्यूजडटकमडटएयुका पत्रकार तथा विश्लेषक टारिक ब्रुकरले सीप तथा तालिम मन्त्रि एण्ड्रू गिल्सलाई त्यस्ता कलेज बन्द गरेपछी आमरूपमा ठगी गरेका कलेज साथै गलत दाबी गरेर विद्यार्थी भिजा लिनेहरूलाई के गर्ने भनेर एक्स (पहिलेको ट्वीटर)मा प्रश्न गरेका छन्। 


अष्ट्रेलियाको आर्थिक विश्लेषणात्मक मिडिया माईक्रोबिजनेसका प्रमुख आर्थिक विश्लेषक लेथ भान ओन्सेलेनले के अष्ट्रेलियाले विद्यार्थी भिजाको दूरूपयोग गर्नेहरूलाई डिपोर्ट गर्ला? भन्ने शीर्षकमा आलेख नै लेखेर अन्तर्राष्ट्रिय विद्यार्थी डिपोर्ट गर्नुपर्नेमा जोड दिएका छन्। उनले त्यस्ता विद्यार्थीहरूले एडमिनिस्ट्रेटिभ अपिलियट ट्राईबुनल (एएटी) लड्ने अनि नक्कली शरणार्थी भिजा हाल्ने र अष्ट्रेलिया बस्ने दिन लम्ब्याउने उल्लेख गरेका छन्। 

धेरैले सामाजिक संजाल र आलेखहरूमा सरकारलाई विद्यार्थी भिजा दुरूपयोग गर्ने अन्तर्राष्ट्रिय विद्यार्थीलाई कारवाही साथै डिपोर्ट गर्नुपर्ने माग गरेका छन्। 

अष्ट्रेलियाको माईग्रेसन विज्ञ डाक्टर अबुल रिज्वीले अन्तर्राष्ट्रिय विद्यार्थी जसले नियमित रूपमा कलेजमा पढिरहेको छैन भने उक्त विद्यार्थीले विद्यार्थी भिजाको शर्त उल्लंघन गरेको छ, त्यस्ताको भिजा क्यान्सिल हुनुपर्ने न्युजडटकमडटएयुलाई बताएका छन्। जसले भिजाका शर्त मानेको छ उनीहरूलाई बन्द भएका कलेजबाट अरू कलेजमा सर्नको लागी सघाउनु पर्ने उनको भनाई छ।  





Post a Comment

Previous Post Next Post

गोपनियता र कुकिज बारे!

हामी कुकिज तथा अरू प्रविधि र टुलहरू प्रयोग गरेर वेबसाईटको प्रयोग र प्रयोगकर्ताको प्रवृति आँकलन गर्दछौं, ताकी तपाईंलाई सही तरिकाले सही सामग्री देखाउन सकौं.

गोपनियता नीति हेर्नुहोस्